चिसो पेयपदार्थ अथवा soft drink, अहिलेको जमानामा चिसो नखाने सायदै कोही होला। कोक, स्प्राइट, फ्यान्टा, यो नाम सुन्नेबित्तिकै, कतिको मुखमा पानी आउँछ, कतिलाई यसको तलतल लाग्छ। विवाह, वर्तबन्ध, पार्टी, साथीहरू भेटघाट मा त चिसो नभई हुदैन। यसो खाजा खान होटेल पस्यो भने चिसो नखाई खाजा खाए जस्तै हुदैन। तर के यी पेयपदार्थ हाम्रो लागि ठिक छन् त? यसले स्वास्थ्यमा कस्तो असर पार्छ ?
यदि तपाई पनि पेयपदार्थको पारखी हुनुहुन्छ भने, तपाईले एकछिन सोच्नुपर्ने हुन्छ।
चिसोमा ठूलो रुपमा कर्बोनेटेड पानी, चिनी, फ्लेबर, प्रीजरभेटिब र क्याफिन पाइन्छ ।
- यसमा कार्बनडाइअक्साइड मिसिएको हुन्छ। यही कार्बनडाइअक्साइड गर्दा नै चिसो मा हामिले बबल हरु देखिन्छ। यो त्यही ग्याँस हो जुन हाम्ले सास फेर्दा खेरी, अक्सीजन लिएपछि फाल्छौं ।
- चिसोमा चिनी अथवा मिठो बनाउन अरु sweetener केमिकल हरु हल्ने गरिन्छ। पुरा वजनको ८-१२% यही केमिकल हुन्छ।
फेन्टामा हामिले आँप को जस्तो स्वाद पाउँछौ, अरु चिसोमा अरु केही फलफुल जस्तो, यो सबै स्वाद ल्याउने भनेको फ्लेबर ले हो
- प्रीजरभेटिब चिसोलाई धेरै समयसम्म जस्ताको तस्तै राख्नका लागि प्रयोग हुने केमिकल हो।
- क्याफिनको प्रयोग मान्छेलाई यसको लत लगाउन लागि प्रयोग हुन्छ। चुरोट, चिया र कफिमा पनि क्याफिन पाइन्छ ।्
योसँगै चिसोलाई मिठो बनाउन र त्यसमा स्वाद ल्याउन अरु थुप्रै हानिक केमिकल हरु हालिएको हुन्छ
पेयपदार्थले स्वास्थ्यमा के कस्तो असर पर्छ ?
- मोटापन ( obesity)
पदार्थ मा हुने चिनी जस्तै अरु गुलियो केमिकलले मान्छेमा मोटोपन गराउँछ। अमेरिकाको एउटा रिसर्चले देखाएअनुसार एउटा क्यान चिसोमा, १०-१२ चम्चा बराबरको चिनी हुन्छ।
- डाइबेटिज (diabetes)
सामान्यता डाइबेटिज लाई सुगर भनेर चिनिन्छ। चिसोमा धेरै कार्बोहाइड्रेट हुने भएकाले यसले डाइबेटिज गराउँछ।
- ब्लड प्रेशर ( blood pressure)
हाम्रो रगत नलीको भित्तामा चिसोमा पाइने चिनी र केमिकल गएर टासिन्छ र रगत नारीलाई सागुरो बनाउने। यसले गर्दा ब्लडप्रेसरको समस्या देखिन्छ।
- दाँतमा समस्या
हाम्रो दाँतमा विभिन्न प्रकारका ब्याक्टेरिया हरु हुन्छन, जब हामीले चिसो खान्छौं तब चिसोमा भएको कार्बोहाइड्रेड लाई दाँतको ब्याक्टेरियाले एसिडमा परिणत गर्छ। र यसले गर्दा दाँत कमजोर हुने दाँत खिइने जस्ता समस्या देखिन्छ।
- त्यस्तै, पत्थरी, पाचन शक्ति घटाउने, कलेजोमा समस्या ल्याउने, शरीरमा काम गर्ने इञ्जाइमहरू निष्क्रिय गराउने जस्ता थुप्रै बेफाइदाहरु छन् ।
त्यसैले, चिसो पेय पदार्थ भनेको हाम्रो स्वास्थ्यमा समस्या ल्याउने केमिकलको भण्डार हो, यसको फाइदा केही छैन, खाली २ मिनेटको जिब्रोको स्वाद मात्र हो। त्यसैले सकेसम्म चिसो पेय पदार्थलाई बहिष्कार गरौ, आफ्नो स्वास्थ्यको ख्याल गरौं।
.png)
0 Comments