के हो नाइरोबी
फ्लाइ( Nairobi Fly) ?
यो कालो ,रातो रङको एउटा किरा हो जुन हेर्दा अलिअलि लामो कमिला अलि अलि बिच्छी जस्तो देखिन्छ. यसको लम्बाई ६-१० मि.मि हुन्छ। सन् 1998 मा यसले केन्या सँगसँगै पूर्वी अफ्रिकाका थुप्रै देशहरुमा तहल्का मच्चाएको थियो । त्यसैले यसलाई केन्याको राजधानी Nairobi को नाम दिइएको हो। खासमा यो कृषि बालीमा लाग्ने हानिकारक किट र किरा हरुलाई खाने किरा हो तर यसमा पाइने एसिडले मान्छेको छालामा छोइदा मात्र पनि पोल्ने, जलाउने, घाउ गराउने गर्दछ।
Nairobi fly कहाँ पाइन्छ ?
Nairobi Fly चिसो
ठाउँमा, भिजेको ठाउँमा,
ओसिलो ठाउँमा पाइने
गर्दछ। धेरै अरु
किरा जस्तै यो
पनि बत्ती /उज्यालो
तिर आकर्षित हुन्छ
।
नेपालमा Nairobi fly को कस्तो असर छ ?
पछिल्लो एक हप्तामा
यो किरा नेपालको
विभिन्न ठाउँमा प्रसस्त
मात्रामा देखा परेको
छ, सामाजिक सञ्जालमा
पनि यसको धेरै
चर्चा भैरहेको छ।
भारतको सिक्किमबाट नेपाल
छिरेको यो किरा नेपालको पूर्वी जिल्लाहरू,
विशेषगरी झापामा बडि
फैलिएको पाइन्छ ।
यो किराले सिक्किमको
एउटा कलेज "सिक्किम
महिपाल ईन्स्टिच्युट अफ
टेक्नोलोजी" का सय
जना विद्यार्थीलाई संक्रमण
गरेको छ। यो किरा अब
नेपालको पूर्वी भागबाट
तराइका अरु जिल्लाहरु
र पहाडका केही
जिल्लाहरुमा फैलिने आशंका
गरिएको छ भने आज पोखराको
सराङकोटमा पनि यो
किरा देखिएको छ।
Nairobi fly ले मान्छेलाई कसरी असर गर्छ?
यो किरा पानी
पर्ने मौसममा सक्रिय
हुन्छ । घरमा बलेको बत्ती
तिर आकर्षित भएर
घरको नजिक आउँछ।
यो झ्याल ढोकाको
प्वालबाट घरभित्र छिर्छ। हामीले
थाहा पाउँदा नपाउँदै
यो हाम्रो शरिरसँग
छोइन जान्छ। जब
यो हाम्रो शरीरमा
छोइन्छ यसमा रहेको
"पेडेरिन" नामक केमिकल
हाम्रो छालामा आउँछ
र दुख्ने, पोल्ने
जस्ता विभिन्न लक्षणहरू
देखिन्छन्।
Nairobi Fly ले
छोएपछि कस्तो लक्षण
देखिन्छ ?
धेरै केसमा यो किराले छोएको हामिले थाहा पाइदैन, थाहा पाउने भनेको लक्षण देखिएसी हो। यसको लक्षण १२ देखि २४ घण्टा पछि देखिन्छ. जनैखटिरा जस्तो देखिने यो डडुवा घाउको लक्षण यस्ता हुन्छन् :-
- छाला
रातो हुन्छ
- छोइएको
ठाउँमा पोल्ने र
सुन्निने गर्दछ
- फोका
फोका आउँछ
- किरा
जस्तै आकारको घाउ
बन्छ
- यदि धेरै नै
असर गरेको छ भने ज्वरो
पनि आउन सक्छ
Nairobi fly बाट
कसरी जोगिन सकिन्छ?
- बत्तीको मुनि नबस्ने
- साँझको बेला झ्याल
ढोका बन्द गर्ने
- लामो बाउला भएको
कपडा लगाउने
- सुत्दाखेरि
झुल को प्रयोग
गर्ने
- ढोका मुनि किरा
छिर्ने प्वाल छ भने कपडाले
छोप्
! घरभित्र
छिरेको खण्डमा यो
किरा हाम्रो बिस्तारामा
हामीले नदेख्ने गरी
बसेको हुनसक्छ। यदि
हामी त्यो विस्तारमा
सुत्दा च्यापिएर, थिचिएर
मर्यो भने हाम्रो
शरीरमा लाग्ने डर
हुन्छ र यसरी सबैभन्दा बढी असर गर्छ, त्यसैले
- सुत्नु अगाडि विस्तारा
टक्टकाउने !
- किराको सम्पर्कमा आएपछि हातलाई
आँखाबाट टाढा राख्नुहोला,
यदि किराको एसिड
आखामा पर्यो भने
आँखा सुन्निने र
केही दिनलाई आँखा
हेर्न नमिल्ने हुनसक्छ।
Nairobi Fly ले
असर गरी हालेको
खण्डमा के गर्ने?
- छालामा
आएर बसेको देखियो
भने, नहडबडाइ बिस्तारै
निकाल्ने
- किरा बसेको ठाउँलाई
बिस्तारै चिसो साबुन
पानीले धुने
- फोका उठ्न र
पोल्न नदिन ice pack लगाउने
- मुलायम कपडा पानीमा
भिजाएर पुस्ने
- सुत्ने बेलामा घ्युकुमारी
लगाउने
- यदि बढी भैहाल्यो
भने डाक्टरलाई देखाएर
औषधि लाउने
Nairobi Fly ले
बनाएको घाउ कति दिनमा सन्चो
हुन्छ?
यो किराले बनाएको
घाउ कतिदिनमा सञ्चो
हुन्छ भनेर ठ्याक्कै
भन्न सकिँदैन, त्यसको
असर कतिको भन्ने
कुरामा भरपर्छ। कसैलाई
छिटो सञ्चो हुन्छ
भने कसैलाई ढिलो
सन्चो हुन्छ, समान्यतः
यो सन्चो हुनलाई
७ देखि २८ दिन लाग्छ
भनिएको छ।
त्यति ठूलो हानी
नोक्सानी नगरे तापनि
यो किराले धेरै
सताउँछ। पानी पर्ने
मौसम सकिए सङै
यो किरा आफै
हराउँदै जाने भएकाले
तेति समयसम्म सबै
जनालाई सुरक्षित रहनु
होला ।
.png)


.png)

0 Comments